भोजराज पौडेल,काठमाडौं
विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) ले यस वर्ष पनि नेपालमा खाद्यान्न अभाव कायम रहने जनाएको छ । प्रकाशन तयारीमा रहेको डब्लूएफपी प्रतिवेदनले नेपालमा सन् २००९ देखि ह्वात्तै बढेर गएको खाद्यान्न अभाव २०११ मा पनि कायम रहने देखाएको हो । सन् २००९ को तुलनामा २०१० मा खाद्यान्न अभाव १ सय ३९ प्रतिशतले बढेको थियो ।
“यस वर्ष अघिल्लो वर्षजति अभाव नहुने भए पनि सुधारका संकेत देखिएका छैनन्,” प्रतिवेदनमा भनिएको छ । यद्यपि उसले अभावको मात्रा भने बाहिर ल्याएको छैन ।
डब्लूएफपीको तथ्यांकअनुसार सन् २००९ मा १ लाख ३२ हजार मेट्रिक टन खाद्यान्न अभाव रहेकोमा सन् २०१० मा बढेर ३ लाख १६ हजार मेट्रिक टन पुगेको थियो ।
समयमा पानी परेका कारण केही निश्चित भूभागलाई छाडेर अन्य क्षेत्रमा उत्पादकत्व बढे पनि उत्पादनमा खासै सुधार नआउने डब्लूएफपीले जनाएको छ । गत वर्ष नेपालका झन्डै ४३ जिल्लामा खाद्यान्न अभाव थियो ।
सुदूरपश्चिममा देखिएको संकटको समस्या विस्तारै उर्वर मानिएको तराई भेगतर्फ पनि सरेको प्रतिवेदनले देखाएको छ । तराईका सप्तरी र धनुषा जिल्लामा २००९ को तुलनामा क्रमशः २८ र २० प्रतिशतले वर्षे बाली उत्पादन घटेको छ ।
प्रतिवेदनअनुसार सप्तरीमा २००९ मा १ लाख ६७ हजार मेट्रिक टन धान उत्पादन भएको थियो भने २०१० मा घटेर जम्मा १ लाख २० हजार ६ सय ११ मेट्रिक टन पुगेको थियो । त्यस्तै, धनुषामा २००९ मा १ लाख ५० हजार ४ सय ७७ मेट्रिक टन धान उत्पादन भएकोमा २०१० मा घटेर १ लाख २३ हजार ३ सय ५२ मेट्रिक टन उत्पादन भएको छ । समयमा वर्षा नहुँदा र व्यवस्थित सिँचाइ सुविधाको अभावमा धान उत्पादन घटेको डब्लूएफपीले जनाएको छ ।
समाचार एजेन्सी इन्टिग्रेटेड रिजनल इन्फर्मेसन नेटवक्र्स (आईआरआईएन अर्थात् इरिन) ले नेपालमा सिँचाइको अवस्था नाजुक भएकाले बाली उत्पादनमा ह्रास आएको समाचार सम्प्रेषण गरेको छ । विज्ञहरूको हवाला दिँदै उसले नेपालमा खाद्यान्न अभाव पूर्ति गर्न व्यवस्थित सिँचाइ अत्यावश्यक रहेको बताएको छ । यसका लागि सरकारले पहलकदमी गर्नुपर्ने इरिनले उल्लेख गरेको छ ।
सन् १९७० सम्म नेपाल खाद्यान्न निर्यात गर्ने मुलुकमा पथ्र्यो । त्यसयताका दशकमा नेपालले निरन्तर खाद्यान्न आयात गर्दै आएको छ । खाद्य असुरक्षाको जोखिम तथा आपतकालीन खाद्यान्न सुविधा उपलब्ध गराउने डब्लूएफपीले सन् १९६३ देखि नेपालमा काम गर्दै आएको छ ।
कृषि तथा सहकारी मन्त्रालयका अनुसार नेपालमा प्रतिहेक्टर २.५ टन बाली उत्पादन हुन्छ । सन् १९७० सम्म कुल जनसंख्याको दुईतिहाइ हिमाली तथा पहाडी भेगमा बसोबास गर्थे भने बाँकी एकतिहाई तराई क्षेत्रमा थिए । पहाडी तथा हिमाली भेगमा निरन्तर खाद्यान्न अभाव चुलिँदै गएपछि मानिसहरू क्रमशः तराई क्षेत्रमा बसाइसराइ गर्न बाध्य भएका छन् । उच्च जनसंख्या वृद्धिदर र असमान जनसंख्या वितरणका कारण तराई क्षेत्रमा समेत खाद्यान्न अभाव देखिएको छ ।

No comments:
Post a Comment